आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

 न्यूज विराट
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।

प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ ।

चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुने जनविश्वास छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

 

सम्बन्धित समाचार

कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको...

‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

आज र भाेलि यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ भदौ-आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेका सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का १/२ स्थानमा भारी...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्