आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

 न्यूज विराट
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २२ असोज । दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराइ व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने भनिएको छ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन हिजो शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन आज ब्रह्मचारिणी तेस्रो दिन भोलि चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ।

सम्बन्धित समाचार

विराट नर्सिङ होमका ४ स्वास्थ्यकर्मीमा कोरोना

विराटनगर, साउन १२-विराट नर्सिङ होमका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा पुगेका ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा चारजना स्वास्थ्यकर्मीमा कोरोना...

विराट गोल्डकप गर्ने जिम्मा निजी क्षेत्रलाई, फागुन १९ गतेबाट नौं संस्करणको गोल्डकप हुने

विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...

‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् । सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा...

प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

लकडाउन खुलेपछि उपत्यकामा कोरोना संक्रमणको जोखिम

काठमाडौं, १६ साउन-लकडाउन खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोभिड– १९ को जोखिम दैनिक रूपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्