विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ ।
नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षघातबाट पिडित बालबालिकाका लागि उनीहरुका अभिभाकलाई सहयोग सामाग्री वितरण गरेको छ ।
मस्तिष्क पक्षघातबाट पिडित बालबालिकाका अभिवावकलाई क्लबले स्टेशनरी, खेलौनालगायतका सामाग्री वितरण गरेको हो । ‘सेरेप्रल पाल्सी’ दिवसको अवसर पारेर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा लगायतले बुधबार १२ जना बालबालिकाका लागि अभिभावकलाई हर्लिक्स्, चकलेट, बिस्कुट, जुस, रंग, रंग भर्ने किताब, नोटबुक, पेन्सिल, तौलिया लगायतका सामाग्री वितरण गरे ।
सो अवसरमा डा. सम्झना प्रशान्त, डा ममता बर्मालगायतको पनि उपस्थिती रहेको थियो । ६ अक्टोबरमा मस्तिष्क पक्षाघातबाट पिडित बालबालिका दिवस मानाइने गरिन्छ ।