अपहरणमा परेका भारतीय नागरिकको उद्धार

 न्यूज विराट
अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो ।

सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमाअन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाईं राखिएको अवस्थामा साह भेटिएका हुन् ।

साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो । उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताउनुभयो । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित समाचार

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

तीन जना नगर प्रहरीलाई महानगरले हटायो, प्रहरी कुटने यादवलाई भने उन्मुक्ति

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

मदरल्याण्ड एकेडेमीमा भजन किर्तन प्रतियोगिता

विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । स्कुल प्राङग्मा सोमबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ ।...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्