एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

 न्यूज विराट
एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनको काम कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर, एमालेले अवरोध जारी राखेपछि सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसमबन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।  प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक–२०७८ र राष्ट्र ऋण उठाउने विधेयक– २०७८ छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन–२०७८ पेस पनि गरे । एमालेले  आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै  संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक १९ असोज दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार

चितवनका कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...

भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन नपाउने

काठमाडौं, ३० साउन-भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन...

विराटनगरको श्री हस्पिटलमा ठगी धन्दा, एम्बुलेन्सलाई कमिसन दिएर बिरामी कब्जा !

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ ।विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प...

अन्तर कलेज फुटबलमा कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

विराटनगर, फागुन २९–विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्