सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

 न्यूज विराट
सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ ।

छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।

तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ ।

सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...

प्रेस काउन्सिलका कावा अध्यक्ष श्रेष्ठद्वारा सर्वोच्चमा रिट

काठमाडौं, १ भदौ-प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

प्रदेश १ मा तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु,

विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...

काठमाडौंमा २ जना नर्सको आरडीटी गर्दा कोरोना पोजेटिभ

काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर...

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्