जोगबनीको सीमा क्षेत्रमा भारतले राखेको सिसि टिभि हटाउन लगाइन्छः प्रजिअ दाहाल

 न्यूज विराट
जोगबनीको सीमा क्षेत्रमा भारतले राखेको सिसि टिभि हटाउन लगाइन्छः प्रजिअ दाहाल

विराटनगर, १२ असोज । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमाक्षेत्रमा भारतीय पक्षबाट नेपालतर्फ फर्काएर सिसि टिभी जडान कार्य कानून विपरित भएमा हटाउन लगाउने बताउनु भएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेपछि आयोजित पत्रकार भेटघाटमा उहाँले यस सम्बन्धमा संयुक्त सुरक्षा बैठकमा कुरा राख्ने र सिसि टिभि जडान कार्य दुई देशको कानून विपरित भएमा हटाउन पहल गर्ने जानकारी दिनु भयो ।

प्रजिअ दाहालले जिल्लाका सम्पूर्ण कार्यालयबाट नागरिकहरुमा हुने सेवा प्रवाह ‘जनमैत्री’ र सहज बनाउन भूमिका खेल्ने बताउँदै जनतालाई घरदैला सेवा उपलब्ध गराउन र फौजदारी कानूनका सम्बन्धमा नागरिकलाई सुसूचित गराउन अभियान सञ्चालन गर्ने धारणा राख्नु भयो ।

प्रजिअ दाहालले सीमा क्षेत्रको दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाउने सम्वन्धमा माथिल्लो निकायका जानकारी गराउनुका साथै अपराध नियन्त्रण, लागु पदार्थ सेवन, ओसारप्रसार, मानव बेचबिखन नियन्त्रणमा ठोस कदम चाल्ने बताउनु भयो ।

सहायक प्रजिअद्वय शरदकुमार पोखरेल र महेशराज तिम्सिनाले कोभीडका कारणले रोकिएको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन कार्य गएको भदौ ३१ गतेदेखि रंगेली, सुनबर्षी, ग्रामथान र रतुवामाई पालिकामा संचालन गरेको जानकारी दिँदै सम्पूर्ण प्रमाण उपलव्ध गराएमा नागरिकताको प्रमाणपत्र सोही दिन वितरण गर्ने गरी व्यवस्था मिलाइएको स्पष्ट पार्नु भयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरे,मोरङ अध्यक्ष सञ्जिव खनाल, उपसभापति तारा आचार्य,सचिव नेत्र पि अधिकारी, पूर्व उपसभापति कुमोद अधिकारी र मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार लगायतले समसामयिक विषयमा सुझाव दिनु भएको थियो ।

सम्बन्धित समाचार

विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी...

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्