दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

 न्यूज विराट
दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार दिल्लीस्थित ‘रोहिणी कोर्ट’को कोर्ट नम्बर एकबाहिर फाइरिङ भएको हो ।

उक्त फाइरिङमा परी जितेन्द्र मान गोगीनामका ग्याङ्गस्टारको मृत्यु भएको छ । गोगीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फाइरिङ गर्दा अरू दुई जना आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । त्यस्तै एक महिला वकिलसहित तीनजना घाइते भएका छन् ।

आक्रमणकारीहरूले वकिलको ड्रेस लगाएर आएका थिए । उनीहरू गोगीलाई मार्ने उद्देश्यले अदालत पुगेको समाचारमा जनाइएको छ ।

दिल्ली प्रहरीले एक मुद्दाको सुनुवाइका लागि गोगीलाई अदालत लगेको थियो । जितेन्द्र गोगीमाथि हत्या, लुटलगायत अरु संगीन मुद्दा दर्ता भएको समाचारमा जनाइएको छ । गोगीलाई तिहाड जेलमा राखिएको थियो ।

सम्बन्धित समाचार

झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित

झापा, १६ जेठ-झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकामा भेटिएका हुन् । बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको...

मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...

टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्