सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

 न्यूज विराट
सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् ।

सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो । सरकारले राजनीतिक प्रतिशोध राखेर राजीनामाका लागि दबाब दिएपछि आफूहरूले राजीनामा दिएको उनीहरूको आरोप छ । उपाध्यक्ष खतिवडाले मन्त्री रिक्त रहेको अवस्थामा परिषद् अध्यक्ष प्रधानमन्त्रीबाट वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिन खोज्दा टसल परेपछि राजीनामा दिएको उपाध्यक्ष खतिवडाको भनाइ छ ।

‘वार्षिक कार्यक्रम र बजेट स्वीकृत नहुँदा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आइपर्‍यो । यही कारणले हामीले राजीनामा दिएर मार्ग प्रशस्त गर्‍यौँ,’ उनले भने ।

शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत आफूहरूले औपचारिक घोषणा गर्न लागेको खतिवडाले बताए ।

सम्बन्धित समाचार

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

आज विराटनगरमा नेकपा प्रचण्डसमुहको शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

विराटनगर, १६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहको १ नं. प्रदेश कमिटिले आज विराटनगरमा बृहत शक्ति प्रदर्शन गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, फर्किए ११ हजार ७ सय २ यात्रु

काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा...

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो । थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको...

कोरोनालाई जितेर २ संक्रमित घर फर्किए

काठमाडौं, ३१ वैशाख-उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् । 'बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्