पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

 न्यूज विराट
पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

काठमाडौं, ८ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीले निर्णय गरे आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै बादलले पार्टीले निर्णय गरे आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।

‘पार्टीको निर्णय मैले मान्नुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गरेर पठायो भने प्रचण्डसँग म चुनाव लड्न तयार छु ।’ आगामी चुनावमा प्रचण्ड भर्सेस बादल हुनसक्छ भन्ने पत्रकारहरूको प्रश्नमा बादलले भने, ‘पार्टीले निर्णय गरे भोलि त्यो हुनसक्छ ।’

बादलले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनसहित पारित गर्नु पर्ने बताए । ‘एमसीसीका केही  कुरा संशोधन गर्नुपर्ने छ । त्यो संशोधन गरेर पारित गर्नुपर्छ,’ उनले भने ।

बादलले वर्तमान सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लगाए ।

‘सरकारले छिमेकीविरुद्ध प्रदर्शन र बोल्न पाइँदैन । बोले जेल हाल्ने चेतावनी दिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने यो लोकतन्त्रविरोधी काम हो,’ उनले भने ।

सम्बन्धित समाचार

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...

प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी...

फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

झापामा ब्यान्डेजले घाँटी बेरेर ४० वर्षीय भीमराजकाे हत्या

झापा, ३ असार । झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं,   ९ भदौ-मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्