ब्राउन सुगर सहित ३ जना पक्राउ

 न्यूज विराट
ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

हिजो बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

आइपुग्यो जनकपुरमा रेल (फोटो फिचरसहित)

जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।   लामो समयको प्रतीक्षापछि...

विराटनगरको चुलाचुली मार्गमा फोहरको ‘डंगुर’, फोहर व्यवस्थापनमा देखिएन मेयर कोइरालाको सकृयता

विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन्...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर,...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्