पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

 न्यूज विराट
पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ ।

साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से १२ बज्दा २४ अंकले उकाले लागेको छ । सोमबार मात्रै ११४ अंकले ह्रास आएकोमा मंगलबार कारोबारको सुरुवात उच्च अंकको ह्राससहित भएको थियो ।

पछिल्लो आधा घण्टाको अवधिमा ८० अंकको ह्रासलाई  कम गरेर २४ अंकको उकालो दर कायम भएको हो । ११ बजेर ५६ मा अधिकतम २ हजार ७ सय ६६ अंकमा पुगेको नेप्से पुन: ओरालो लाग्दै ४ मिनेटको अवधिमा ४४ अंकले कम भएर एक घण्टाको अवधिमा २ हजार ७ सय २२ अंक कायम भएको छ ।

१२ बजेसम्म २११ कम्पनीका ५४ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६९ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ। नवलपरासी (बर्दघाट–सुस्ता...

प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी छःमुख्यमन्त्री कार्की

विराटनगर, १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभामा पेश भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनु भएको छ ।विधेयकको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आज बिहान आयोजित पत्रकार...

एनसीडिए कोशी प्रदेशको निर्वाचन : काफ्ले र बरालको समूह चुनावी मैदानमा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ ।अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री...

बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट

विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको...

संक्रमितको सम्पर्कमा आएको आशंकामा उदयपुर र वीरगञ्जका ५ सय ४९ जनाको कोरोना परीक्षण

उदयपुर र वीरगंजका संक्रमितको सम्पर्कमा आएका आशंकामा ५४९ जनाको नमुना संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उदयपुर र वीरगंजमा भेटिएका संक्रमितको कन्ट्रायक ट्रेसिङका आधारमा...

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ६ फागुन । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्