थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड

 न्यूज विराट
थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड

विराटनगर, ३ असोज । संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उच्च अदालत विराटनगर बार एशोसिएशनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका बक्ताहरुले थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड दिएका छन् ।

उनीहरुले कारागारभित्र चौकीदार र नाइकेका नाममा कैदी एवं बन्दीमाथि हुने चरम शोषण तथा यातना रोक्न सरोकारावाला निकाय गम्भीर हुन नसकेको बताए ।

सहभागीहरूले कारागार र हिरासतमा रहेकाहरुसँग कानुन व्यवसायीले प्रत्यक्ष भेटघाट गरेर कानुनी परामर्श दिन नपाइरहेको गुनासो गरे । कारागार एवं बन्दीगृह जीर्ण हुँदा पनि मर्मत सम्भारमा ध्यान नगएको उनिहरूले बताए । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकायले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो । जसका कारण निर्दोष फस्ने र दोषी उम्कने अवस्था आइरहेको उहाँको भनाई छ ।

प्रहरी, सरकारी वकिल र अदालतप्रति लक्षित गर्दै कानुन कार्यान्वयन गर्ने निकाय सँधै गम्भीर हुनुपर्नेमा श्रेष्ठको जोड छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लीलाबल्लभ अधिकारीले कार्यक्रममा उठेका विषयलाई सरकारले गम्भीर रूपमा लिने र आबश्यक सुधार गरिने बताउनुभयो ।

कारागार र थुनामा रहेकाको हिँड्न र डुल्न पाउनेबाहेक अरु अधिकार सुरक्षित रहने व्यवस्था संविधानमै रहेको उच्च अदालत विराटनगर बास एशोसिएशनका अध्यक्ष नारायणप्रसाद दाहालले बताउनुभयो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा २६ वैशाखका लागि संसद बैठक आह्वान

काठमाडौं, २१ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २६ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति भण्डारीले २६ वैशाख शुक्रबार दिनको ४ बजे संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन् । नेपाल सरकार...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

आरडीटी पोजिटिभ देखिएका प्रदेश सांसदको पीसीआर रिपोर्ट नेगेटिभ

बुटवल, ९ जेठ-प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो...

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल...

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ३० मंसिर-सरकारले उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्