संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

 न्यूज विराट
संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने कामना समेत गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ध्येय संविधानको रहेको प्रदेश प्रमुख अधिकारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

देशमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने उहाँले बताउनुभयो ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, बालअधिकार, अपाड्डता भएका व्यक्तिहरुका अधिकार, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका अनि कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिनसकौँ भन्ने भावनाका साथ समृद्ध राष्ट्र निर्माणमा जुटिरहने आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई छैठौं संविधान दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

प्रदेश १ मा २ जनाको मृत्यु, १४३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, २१ भदौ–प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक,...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्