जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

 न्यूज विराट
जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम रहेका क्षेत्रमा तत्काल विद्यालय नखोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

बुधबार शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले शहरी क्षेत्रमा तत्काल विद्यालय नखोल्न आग्रह गरेको हो ।

‘हतारमा जोखिम भएका ठाउँमा विद्यालय खोल्नु हुँदैन भनेका छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शिलापत्रसँग भने, ‘विद्यालय खुले भने कसरी सुरक्षित गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

१ असोजदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी गरेपछि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयका अधिकारीसँग छलफल गरेका हुन् । शिक्षा मन्त्रालयका अधिकारीले पनि बालबालिका सुरक्षित हुनुपर्नेमा जोड दिएको छ । ‘बालबालिका सुरक्षित रहनुपर्छ । स्मार्ट लकडाउन अनुसार विद्यालय सञ्चालन गर्ने विषय हामीले राखेका छौँ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिलापत्रसँग भने ।

शिक्षा मन्त्रालयले विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । त्यसैका आधारमा स्थानीय सरकारले भटाभट विद्यालय खोल्न थालेका छन् । काठमाडौंकै कतिपय नगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गरिसकेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेकाले काठमाडौंमा अहिले नै विद्यालय खोल्न नहुने विज्ञ र अभिभावकले बताउँदै आएका छन् ।

‘दसैंको मुखमा विद्यालय खोल्ने निर्णय भयो । १ असोजमा विद्यालय खोलेर दसैंका लागि २० गतेबाट बन्द गर्नुपर्छ । हतारमा विद्यालय खोल्ने निर्णय किन आयो ? शहरी क्षेत्रमा तत्काल भौतिक रूपमा विद्यालय खोल्नु उपयुक्त छैन,’ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने ।

संक्रमणदर ५ प्रतिशतभन्दा कम नभएसम्म विद्यालय खोल्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । हाल संक्रमणदर ९ प्रतिशत रहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारका प्रतिनिधिबीच १ असोजदेखि भौतिक रूपमा विद्यालय खोल्ने सहमति भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश, जिल्ला र स्थानीय तहमा पनि लकडाउनमा कडाइ

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...

विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

प्रदेश १ मा २८ कोरोना संक्रमित

मोरङ, ११ वैशाख-प्रदेश–१ मा कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा २ महिलामा संक्रमण देखिएसँगै पोजिटिभको संख्या २८ पुगेको प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजिटिभ पुष्टि भएकामध्ये...

विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको...

लक्षण नै नदेखिई निको भएर घर फर्किए ४ संक्रमित

काठमाडौं, ८ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो । डिस्चार्ज हुँदा उनीहरुका परिवार...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्