वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

 न्यूज विराट
वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए ।

अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले बताएको छ । ‘निगम भित्रबाट पाटपुर्जा लुकाएरसमेत अनियमितता गरिएकोसम्मका सूचना आएको सन्दर्भमा बुधबार निगमका अधिकारीलाई बोलाउने तयारी गरिएको छ,’ अख्तियारस्रोतले भनेको छ ।

नेपाल वायुसेवा निगमले दुई वटै बोइङ लिलाम गरेर बोइङविहीन बन्दै गर्दा विभिन्न स्थानमा पाटपुर्जा भेटिएको रहस्य खुल्न थालेपछि अनियमितताको आशंका गरिएको छ ।

निगमले इन्जिनसहितका सयौँ पाटपुर्जालाई सूचीकृत नगरी मूल्याङ्कन गर्दा वास्तविक मूल्यभन्दा निकै कममा जहाज बिक्री भएको र अन्य पार्टपुर्जा र इन्जिन मिलेमतोमा अनियमितता भएको आशंका गरिएको छ ।

निगमले २०७४ सालमा बीबी एयरवेजलाई जम्मा १४ करोड रुपैयाँमा एउटा जहाज बिक्री गरेको थियो भने २०७६ सालदेखि प्रकिया अघि बढाए पनि दुई साताअघि मात्रै अर्को बोइङ जहाज ६७ करोड रुपैयाँमा लैजाने गरी बैना गरिएको थियो ।

लामो समयदेखि बोइङ उड्न नसके पनि बोइङको नाममा निगमका कर्मचारीलाई भत्ताका साथै बोइङ पाल्नको लागि निगमको ठूलो रकम सकिएको थियो ।

सम्बन्धित समाचार

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

‘भैँसेपाटी गठबन्धन’ ब्युुँताउन प्रचण्ड सक्रिय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक किचलोबाट गुज्रिरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा महत्त्वपूर्ण अध्यादेश ल्याउनुअघि पार्टीमा छलफल नै नगरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेता...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी, जेठ ८-गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्