विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

 न्यूज विराट
विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा विद्यालय सञ्चालन गर्ने गर्ने तयारी गरेको महानगरका शिक्षा शाखा अधिृकत कृष्ण भट्टराईले जानकारी दिए ।

महाशाखाले सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्व तयारी स्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरुसँग छलफल अन्तरक्रिया गरी कार्ययोजना तयार पार्न पनि विद्यालयहरुलाई निर्देशन गरेको छ ।

महानगरले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय तहको शैक्षिक सत्र २०७८ सञ्चालनका सम्बन्धमा शिक्षा समितिले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरेको हो ।

परिपत्रमा विद्यालय प्रशासन पूर्णरुपमा खुला गर्न र दैनिक प्रशासन सम्बन्धी काम जारी राख्न भनिएको छ । यस्तै सबै शिक्षकलाई अनिवार्य विद्यालय पुगी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले तोकेको विद्यार्थी भौतिक रुपमा नियमित उपस्थित पठनपाठन बाहेकका क्रियाकलाप सञ्चालन गर्न, अनलाइन कक्षालाई निरन्तरता दिन, छुट विद्यार्थी भर्ना गर्न, शैक्षिक तथ्यांक अद्यावधिक गर्न पनि निर्देशन गरेको छ । महाशाखाले भदौ मसान्तभित्रै नगर शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्ने पनि जनाएको छ । कक्षा ४ देखि तलका विद्यार्थीहरुलाई भने घरबाटै पठन पाठन गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा चुनावी नतिजा प्रमाणीकरण

एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो । योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा...

मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक २५ दिनमा कोरोनालाई जितेर घर फर्किए

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका-५ का शाहीकोको लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको छ। उनी २५...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्