एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

 न्यूज विराट
एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ ।

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।

सरकारले आफ्ना माग पूरा नगरे सशक्त संघर्ष चेतावनी सो अभियानले दिएको छ ।

अभियानले अघि सारेका मागमा विद्युत विद्येयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुपर्ने लगायतका छन् । यस्तै विद्युत आयोग खारेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने समेत माग गरिएको छ ।

यीबाहेक प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विद्युत विकासका लागि पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनुपर्ने, जलविद्युत उत्पादनमा राष्ट्रिय पूँजीपति तथा सर्वसाधारण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्नुपर्ने माग राखिएको छ ।

अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौताबारे सबै कुरा स्पष्ट भएको भन्दै खारेज नभएसम्म आफूहरूको अभियान जारी रहने बताए । उनले भने, ‘एमसीसी सम्झौता गर्नको लागि कुन–कुन पार्टीका कुन कुन नेता कसरी सहभागी भए भन्ने छर्लङै छ । यो एमसीसी नेपालको गलपासो बनाउनको लागि, को को कति जिम्मेवार भए, यो पनि सबैलाई थाहा भएको कुरा हो ।’

उनले आफूहरु राष्ट्रिय स्वाधिनताको आन्दोलनमा रहेको पनि बताए । उनले एमसीसी संसदबाट पारित भए देशले ठूलो मूल्य चुकाउनुपर्ने खतरा रहेको दाबी गरे ।

सम्बन्धित समाचार

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं, १७ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले श्रमिकको दैनिकी प्रभावित भएकाल उनीहरुलाई...

गभर्नर अधिकारीलाई एमालेले भन्यो– एम अधिकारी तपाईं होइन

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...

सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा दाहाल, लेखा संयोजकमा अविनाश निधी

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा महाप्रसाद...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्