मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

 न्यूज विराट
मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् ।

मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका अनुसार आज बेलुकासम्ममा तीन जना मन्त्रीको शपथ गराउने तयारी छ ।

मुख्यमन्त्री कार्यालयले नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गर्न भनेको  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव अनिल राजधामीले तीन जनाको शपथ गराउनेबारे छलफल भइरहेको भन्दै नामको अन्तिम टुंगो नलागेको बताए ।

तर स्रोतले भने माधव नेपाल समूह छाडेका ताप्लेजुङका बलबहादुर साम्सोहाङ, तेह्रथुमका लछुमन तिवारी मन्त्रीमा नियुक्त हुने तयारी भएको बताएको छ । यसअघि शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री रहेकी खोटाङकी उषाकला राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको दाबी छ ।

शेरधन राईले बिहीबार दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएपछि बहुमत प्राप्त दलको नेताको हैसियतमा एमालेका सचिव रहेका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मुख्यमन्त्री आचार्यका भाइको निधनका कारण शुक्रबार गर्न लागिएको हो ।

सम्बन्धित समाचार

गाँजासहित कटहरीबाट २ युवा पक्राउ

विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...

नेकोसभोजपुरको अध्यक्षमा खत्री

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, साउन ३–सुनसरीको इटहरी–३ स्थित ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...

लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् । उनीबिरुद्ध...

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

विराटनगर, ३१ भदौ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्