शनिबारदेखि मनसुन केही कमजोर हुने

 न्यूज विराट
शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ,’ उनले भने ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ ।

त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित समाचार

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे राष्ट्रपति कार्यालय

काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले...

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ । बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

न्युरोमा ५० शैयाको कोभिड–१९ अस्पताल सञ्चालन

विराटनगर, १२ भदौ-विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहित ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको हो ।...

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै,५ हजार भन्दा बढीले अवलोकन गर्ने

विराटनगर । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले यहि बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ ।एनडिडिएले...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

विराटनगरका महिला क्रिकेट खेलाडीलाई सहयोग गर्ने, प्रशिक्षण र प्रतियोगिता हुने

विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार...

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्