प्रदेश १ मा माधव नेपाल समुह कमजोर

 न्यूज विराट
प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी विभाजनपछि नेपाललाई विगतदेखि नै साथ दिँदै आएका सांसदहरु समेत अलमलमा परेका छन् । यद्यपि एमाले संस्थापन पक्षमा रहने वा नेपाललाई साथ दिने भन्ने विषयमा उनीहरुले निर्णय लिइसकेका छैनन् । विगतदेखि नै सहकार्य गर्दै सहयोग गरिरहेका कतिपयले नेपाललाई साथ दिन नसकिने बताइसकेका छन् ।

प्रदेशसभा निर्वाचन सकिँदा एमालेले ५१ सिटमा जित हासिल गर्‍यो । संसदीय दलको निर्वाचन गरेर सरकार गठन प्रक्रिया अघि बढ्दै गर्दा माधव समूहमा २८ देखि ३० सांसद रहेको दाबी थियो । त्यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बढीमा २३ सांसद थिए । एमाले संसदीय दलको निर्वाचनमा नेपाल पक्षबाट भीम आचार्य र ओली पक्षबाट शेरधन राई उम्मेदवार बन्नुभयो । तर नेपाल पक्षको आंकलनविपरीत परिणाम आयो । र संसदीय दलको नेतामा २०७४ साल माघ २६ गते शेरधन राई निर्वाचित हुनुभयो । राईले २६ मत र आचार्यले २४ मत प्राप्त गर्नुभयो । एक मत बदर भयो । बदर मत नेपाल समूहका राजन राईको थियो ।

१५ जना समानुपातिक सांसदमध्ये १३ जना नेपाल र दुई जना मात्रै ओली समूहमा खुले । सांसदको बहुमत संख्या आफूसँग रहेको दाबीसहित निर्वाचनमा गए पनि नेपाल समूहले संसदीय दलमा पराजय बेहोर्दा ओली समूहबाट निर्वाचित शेरधन राईले प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । नेपाल पक्षकाले पनि शेरधनलाई सहयोग गरेको उतिबेलै चर्चा थियो । तत्कालीन सत्तारुढ नेकपामा चुलिँदै गएको विवादबाट प्रदेश १ अछुतो रहन सकेन । केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै प्रदेश १ को सरकार पनि नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको निसानामा परेको थियो ।

फलस्वरुप २०७७ पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भयो । जसमा नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ गरी ३७ सांसदले हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतले नेकपाबाट एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि गत चैत २३ गते अविश्वासको प्रस्ताव फिर्ता भयो । यसबीचमा अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर एमालेका ६ जना सांसद ओली पक्षमा लागे । नेपाल पक्षका कला घले, उषाकला राई, श्रीप्रसाद मैनाली, जसमाया गजमेर, गोपाल बुढाथोकी र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिनुभएको थियो । बाँकी १६ जनाले चैत्र १५ गते हस्ताक्षर फिर्ता लिनुभएको थियो । आचार्य आफैँ पनि पार्टी विभाजनसँगै नेपालसँग टाढिनुभएको छ । पार्टी एकताको पक्षमा उभिएर उहाँ एमालेमै फर्कनुभएको छ । राजनैतिक जीवनमा लामो समयदेखि सहयोग गर्दै आउनुभएका तुलसीप्रसाद न्यौपाने, राजकुमार ओझा, जीवन घिमिरे लगायतका संसादले साथ छाडेपछि नेपाल समूह प्रदेशभित्र राजनैतिक संकटमा परेर खुम्चिँदै गइरहेको विश्लेषण गर्न थालिएको छ ।

एमालेबाट विभाजन भएर अर्को दलको नेतृत्व गरिरहँदा नेपाल पक्षमा १९ सांसद रहेको दाबी गरिएको थियो । यो संख्या पनि घट्दो अवस्थामा रहेको बताइन्छ । अहिले राजेन्द्र राई, गणेश काम्बाङ, राजन राई, सावित्रा रेग्मी उपेन्द्र घिमिरे, सरीता थापा खड्का, खिनु लङ्वा लिम्बू, सुनीताकुमारी चौधरी, सावित्रा जोशी, यशोदा अधिकारी, लछुमन तिवारी, होमकुमारी साँवा, कृष्णकुमारी राई, लीलाबल्लभ अधिकारी, बलबहादुर साम्सुहाङसहित १५ जना आफ्नो पक्षमा रहेको दाबी समाजवादीको छ ।

एमालेबाट माले विभाजन हुँदा २०५६ सालको निर्वाचनमा पार्टीले बेहोरेको सर्वनाक हारको तितो यथार्थ भोगेका अधिकांश सांसदले नेपाललाई साथ दिन नसकिने बताएका छन् । केही सांसद विभाजनको पक्षमा नदेखिएकाले उनीहरुले नेपाललाई साथ दिन्छन् वा एमालेमै रहन्छन्भन्ने यकिन हुन बाँकी छ । तर संसदीय दलको निर्वाचनमा बराबरीको हैसीयतमा रहेको नेपाल पक्ष विभाजनसम्म आइपुग्दा भने धेरै सांसद गुमाएर सानो आकारमा खुम्चिने निश्चित भइसकेको छ ।

नेपालले नयाँ दल खोलेसँगै एमालेको स्पष्ट बहुमत रहेको प्रदेश सरकार भने संकटमा परेको छ । प्रदेश सरकार ढालेर नयाँ गठबन्धन सरकार बनाउने र अहिलेकै सरकार जोगाउने गृहकार्य सुरु भइसकेको छ । यद्यपि नयाँ सरकार निर्माणमा माधव नेतृत्वको समाजवादी निर्णायक देखिएको छ । ९२ जना प्रदेशसभा सदस्यमध्ये एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन् । प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

सम्बन्धित समाचार

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

रोजगारी गुमाएकालाई सरकारले दिने छ रोजगारी

काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिँडेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । इलाम नगरपालिका–८ मा पर्ने यो सडकखण्डमा शनिबार बिहान सुख्खा...

राजस्व हिनामिना प्रकरण : फरार रहेका यातायताका पाँच जना पूर्व कर्मचारी पक्राउ

विराटनगर । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालिन लोखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन्...

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री...

मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार...

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्