झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

 न्यूज विराट
झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन ।

सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रोकश थापाका अनुसार मुनाका माइतीले आफूहरू घटनास्थलमा नआइपुग्दासम्म शव नउठाउन भनेपछि प्रहरीले मुचुल्का उठाउन नसकेको हो ।

‘हामीले मृतकको मुचुल्का उठाउन सकेका छैनौँ । मुनाका माइती उदयपुरबाट आइनपुग्दासम्म शव नउठाउनु भनेकाले हामीले शव उठाएका छैनौँ,’डीएसपी थापाले भने ।

डीएसपी थापाका अनुसार रविनलाई आठ दिन अघिमात्रै कोरोना संक्रमण देखिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रविनले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएका थिए ।

तर, विदेश पठाउन नसकेपछि घरमा पैसा माग्नेहरूले उनलाई दबाब दिएका थिए । सोही रकम फिर्ता गर्न नसक्दा तनावमा आएर आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

बावुराम मुडियारीविराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने...

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

विराटनगर, २५ जेठ-प्रदेश १ को नीति कार्यक्रममाथि छलफल सुरू भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८को नीति कार्यक्रम माथि आज देखि छलफल सुरू भएको...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : एक सातामा २१ जनाको मृत्यु

काठमाडौं,  ११ असोज-विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी शनिबार साँझसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्