राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

 न्यूज विराट
राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ।

कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश राई,उद्धवचन्द्र घिमिरे,उद्धवप्रसाद दाहाल,आरती गेलाल,प्रदीप शर्मा,हिरालाल सेन्चुरी,डा. दुर्गाबहादुर अधिकारी,पुष्पा तिवारी,शोभा श्रेष्ठ र मन्जु कार्र्कीलाई चयन गरिएको छ।

यसैगरी अन्य सदस्यहरुमा राजकुमारी रेग्मी, गंगा खतिवडा,पदमा थापा,रामकिशुन शाह, संजयविक्रम अधिकारी,रतन तामाङ, नबि हुसेन र सोमप्रसाद भट्टराइ, केशब ढुंगाना, रामचन्द्र शाह,रामदेव कामत,रेखा पासबान, राजु शर्मा,डिल्लीराम भण्डारी र देवेन्द्र राई रहनु भएको छ ।
अध्यक्ष वैद्य राष्ट्रवादप्रति सदैव अग्रसर रहेर कार्यहरु गर्ने,हक्कि स्वाभका इमान्दार र कमर्ठ व्यक्तित्व रहनु भएको उहाँलाई पार्टीका अग्रज नेताहरुले सर्वसम्मत रुपमा चयन गरिएको हो ।

परिषदको भेलामा पूर्व महानगर प्रमुख प्रह्लाद शाह,केन्दीय कार्य सम्पादन समिति सदस्यहरु केदार कोइराला, (तराई मधेश) क्रेन्द्रीय प्रमुख दिनेश शाह,विश्वमोहन थापा,केन्द्रीय सदस्यहरु श्यामबहादुर कार्की, उद्धवचन्द्र घिमिरे र जिल्ला कार्य कार्यकारी अध्यक्ष माधव आचार्य, डा.दुर्गा अधिकारी र नगर संयोजक हिरालाल सेन्जुरीले लगायत पार्टीलाई देशमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउन हामी सैव लाग्नु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित समाचार

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

शिक्षा प्रतिवेदन छाप्ने संस्थामाथिकाे कारबाही राेक्न शिक्षामन्त्रीसँग आग्रह

सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि...

बैंक लुट्ने क्रममा झडप, २५ जनाको मृत्यु

एजेन्सी, १६ कात्तिक । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लुटेराहरुको समुह...

पोखरीयालाई हराउँदै एसईई कपको उपाधि सहिद स्मृती स्कुललाई

विराटनगर । एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माबिले जितेको छ ।पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया...

कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्