‘ड्रागन फ्रुट’ खेतीमा कृषकको आकर्षण बढ्दो, राम्रो आम्दानी

 न्यूज विराट
‘ड्रागन फ्रुट’ खेतीमा कृषकको आकर्षण बढ्दो, राम्रो आम्दानी

विराटनगर, ४ भदौ । सिउँडी जातको पोषिलो फलफूलका रूपमा चिनिने ड्रागन खेतीमा पछिल्लो समय कृषकको आकर्षण बढ्दै गएको छ । खेती सुरु गरेको दोस्रो वर्षदेखि नै राम्रो फल दिने र आम्दानी पनि हुने भएपछि यसको खेतीतर्फ आकर्षण बढेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा –४ का नवीन दाहालले १२ कट्ठामा गरेको ड्राइगन खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ ।

खेती सुरु गरेको दोस्रो वर्ष देखि नै फल दिन थालेको र चाँडै राम्रो आम्दानी हुने देखेपछि आफू झनै हौसिएको उहाँले बताउनुभयो । आफूले ड्रागनखेती गर्न मिडियाबाटै प्रेरणा पाएको उहाँले बताउनुभयो ।

राम्रो आम्दानी हुने भए पछि पछिल्लो समय यो खेती गर्नेको सङ्ख्या ह्वात्तै बढेको पाइन्छ । दाहालले ड्राइगनका लागि ठूलो लगानी गर्नुभएको छ । पानी जम्ने होचो ठाउँ भएकोले यसलाई उठाउन एक करोडको लगानी गर्नु परेको उहाँले बताउनुभयो ।

ड्रागन फ्रुट्सको एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइ बाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समय सम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक दाहालको अनुभव रहेको छ ।

कृषिकर्ममा राम्ररी रमाएका दाहाललाई उहाँकी श्रीमती सुशीला दाहालको पनि उतिकै साथ रहेको छ ।उहाँ श्रीमानलाई कृषिकर्ममा साथदिन पाएकोमा खुशी हुनुहुन्छ ।

कृषि क्षेत्रको विकासका लागि राज्यले विभिन्न कार्यक्रम ल्याए पनि ती कार्यक्रमको फाइदा भने वास्तविक किसानले भन्दा पनि पहुँचका भरका मानिसले पाउने गरेको दाहाल बताउनुहुन्छ । झोले किसानले गर्दा आज वास्तविक किसानको अधिकार खोसिएको उहाँको गुनासो छ । यद्यपि आफूले राज्यले अनुदान देला भनेर काम नगरेको दाहाल बताउनुहुन्छ ।

वास्तविक कृषि कर्ममा नलागेपनि अनुदानका लागि मरिहत्ते गर्नेहरुका लागि दाहाल दम्पती एक उदाहरण हुन् । उनीहरूको उत्प्रेरणबाट धेरै कुरा सिक्न सकिन्छ ।

सम्बन्धित समाचार

प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता

बुटवल, १९ जेठ-भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई...

विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्