कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

 न्यूज विराट
कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

काठमाडौं, २ भदौ । नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वयन नगर्न माग गर्दै माधवकुमार नेपालसहित १४ सांसद संसद सचिवालय पुगेका छन् ।

बुधबार संसद सचिवालय पुगेर सांसदद्वय जीवनराम श्रेष्ठ र विरोध खतिवडाले नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही वैधानिक नभएकाले कार्यान्वयन नगर्न माग गरेका हुन् । उनीहरूले प्रतिशोधका आधारमा अवैधानिक रूपमा आफूहरूमाथि कारबाही गरिएको पनि बताएका छन् ।

सांसदद्वय श्रेष्ठ र खतिवडाले १४ जना सांसदको हस्ताक्षरसहितको पत्र पनि संसद सचिवालयमा बुझाएका छन् ।

यसअघि मंगलबार एमालेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै नेपालसहित १४ सांसदलाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

एमालेले मंगलबार नै उनीहरूलाई कारबाही गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

सम्बन्धित समाचार

विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

विराटनगर । विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो । सम्झौता पत्रमा विराट...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ...

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडाैं, २२ असार-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...

अर्किड कलेजमा विद्यार्थीको आकर्षण, कक्षा ११ को प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज (विहबार) प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी ९ सय ९७ जना विद्यार्थीले...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

लकडाउनको असर : पसलमा तरकारी कुहियो, ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्