कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

 न्यूज विराट
कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

काठमाडौं, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ ।

‘कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल प्रारम्भिक देशहरूमध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु’, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘मोर्डर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिनसमेत सघाउने भएको छ ।’

उक्त खोप सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र त्यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ ।

‘कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिदका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ’, माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार पीसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । मुख्यमन्त्री राईसहित...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्