सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

 न्यूज विराट
सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका– ८ भारत स्थायी घर भई मोरङ विराटनगर उपमहानगरपालिका– ५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्राली एमबीबीएस तहको पहिलो सत्रमा अध्ययनरत विद्यार्थी विनितकुमार वर्माले दायर गरेको रिट निवेदनमा उक्त फैसला आएको हो ।

फैसलाको पूर्ण पाठमा अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । ‘अब उप्रान्त नेपालमा सञ्चालित मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नु नगराउनु,’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट सङ्ख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट सङ्ख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्तिसरह नै थप नेपाली विद्यार्थीलाई छात्रवृत्तिका रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु ।’

अदाललते आदेश कार्यान्वयन भए नभएकोसमेत निरीक्षण र अनुगमन गरी आवश्यक कारबाही गर्न भनेको छ । ‘उपर्युक्त बमोजिम सञ्चालित मेडिकल कलेजले प्रचलित कानुन बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवं भर्ना सिट सङ्ख्याको पालना भए नभएको हेर्नु,’ फैसलामा भनिएको छ, ‘यस सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमित रूपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारबाही गर्नु गराउनु ।’

अदाललते मेडिकल कलेजको निरीक्षण गर्न खटिएका व्यक्तिको सेवा शर्तअनुरुप निष्पक्षताका साथ कार्यसम्पादन भए वा नभएको  हेर्न भनेको छ । ‘मेडिकल कलेजको निरीक्षण गर्न खटिएका अधिकार प्राप्त अधिकारीबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेकाबारे अनुगमन गरी निजको कार्यसम्पादनको अभिलेख राख्नु,’ फैसलामा भनिएको छ, ‘सम्बन्धित निकायको जिम्मेवार अधिकृतमार्फत राख्न लगाई निजमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नु नगराउनु ।’

अदालतले नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७२/०७३ का लागि एमबीबीएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको २०७२ मङ्सिर १६ को आदेशबमोजिम गरेको नदेखिएकाले आगामी वर्षमा सम्बन्धित वर्षका लागि निर्धारित कूल सिट सङ्ख्यामा नबढ्ने भर्ना लिन भनेको छ ।

‘शैक्षिकसत्र २०७२/०७३ मा बढी भर्ना लिएका विद्यार्थी सङ्ख्याको पाँच भागको एक भाग सिट सङ्ख्याका दरले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति सङ्ख्यामा थप गर्ने व्यवस्था मिलाउनु,’ निर्देशनात्मक आदेशमा भनिएको छ, ‘आगामी वर्षमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट सङ्ख्याभन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजको हकमा पनि उपरोक्त निर्देशन अनिवार्यतः लागू हुनेछ ।’ रासस

सम्बन्धित समाचार

धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ३० मंसिर-सरकारले उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई...

बढ्यो कोरोना संक्रमित हुनेको संख्या, बुधबार भेटिए ६६२ संक्रमित

दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...

प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

काठमाडौं, फागुन १६–सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्