नेविसंघ र अखिल क्रान्तिकारीद्वारा बाणिज्य क्याम्पसमा तोडफोड

 न्यूज विराट
नेविसंघ र अखिल क्रान्तिकारीद्वारा बाणिज्य क्याम्पसमा तोडफोड

बुटवल, २६ साउन । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् ।

मंगलबार बिहानै २०/२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

उनिहरूले क्याम्पसको प्रवेशद्धारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा, परीक्षा शाखालगायतका शाखाहरूमा तोडफोड गरेको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

लेखा शाखा र परिक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरू छरपस्ट पारेर भागेको उनले जानकारी दिए । यसअघि साउनको ८ गते नै लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए ।

विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका थिए । क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसको पठनपाठन हुनुपर्ने, एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

लुम्बिनी बाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाः कार्यक्रम हटाई पूर्ण रूपमा स्वायत्तताका कार्यक्रम सञ्चालन गरी शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरूको आरोप छ ।

सम्बन्धित समाचार

‘खोप नबनेसम्म संसार पहिलेको शैलीमा फर्कन सक्दैन’

एजेन्सी, चैत ३०-अमेरिकी अर्बपति व्यापारी बील गेट्सले कोरोना भाइरस विरुद्धको खोप विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन्।उनले डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

विराटनगर, २४ मंसिर–प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

आज त्रिविको ४७औं दीक्षान्त समारोह

काठमाडौं, ५ पुस । त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान...

विराटनगर विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा(फोटो फिचरसहित)

विराटनगर, साउन २०-भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले मंगलबार पत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि विमानस्थल सञ्चालन गर्न आबश्यक तयारी आन्तिम चरणमा पुगेको जानकारी दिएको हो...

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्