जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो ।
आइतबार थप खोप नेपाल आउने बताइएको छ । बाँकी खोप पनि अर्को साता नेपाल आइपुग्ने सम्भावना छ । शुक्रबार भुटानबाट पनि एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
नेपालका लागि जापानी राजदूतले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई यो खोप लगाइने बताइएको छ ।