रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो ।

क्लबले उद्योग प्रतिष्ठान, सार्वजनिक स्थल, शिक्षण संस्थालगायतका स्थानमा बृक्षारोपण कार्यलाई निरन्तरता दिँदै आएको छ ।

क्लबले गत असार ३१ गतेदेखि बृक्षारोपण कार्यलाई अघि बढाएको थियो । पहिलो चरणमा विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योगपरिसरमा बृक्षारोपण गरिएको थियो ।

पहिलो चरणमा क्लबका सदस्यहरुको उद्योग पशुपति खाद्य तेल उद्योग प्रा.लि., एसियन विस्कुट एण्ड कन्फेक्सनरी पा.लि., हुलास मोटर्स प्रा.लि लगायतका उद्योग परिसरमासमेत बृक्षारोपण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

बृक्षारोपण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा, सर्भिस प्रोजेक्ट चेयर गिरिजा सारडालगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सोमबार दोस्रो चरणमा क्लबले सहयोग पुर्याउँदै आएका विराटनगरस्थित महेन्द्र रात्री मा. वि, आदर्श मा. वि, बालिका मा. वि र जहदास्थित जनता आधारभुुत विद्यालय तथा रोटरी कम्युनिटी कर्प (आरसिसि) लाई २ सय ५० वटा बिरुवा वितरण गरेको छ । सोमबार रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजलाई पनि वृक्षारोपणका लागि २५ वटा विरुवा वितरण गरिएको क्लबकी अध्यक्ष जैनले जानकारी दिइन् ।

वृक्षारोपण कार्यलाई सफल पार्न वरिष्ठ रोटेरियन बेनीगोपाल मुण्डदाको बिशेष सहयोग रहेको क्लबकी अध्यक्ष जैनले बताईन् । सोमबार रोटरी भवनमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच क्लबले मुण्दडालाई सम्मान समेत गरेको छ ।

सम्बन्धित समाचार

संविधान संशोधनका लागि खुला दिमाग राखौँ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान...

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान, दलहरूलाई प्रदेश प्रमुखले दिए असोज २६ गतेसम्मको म्याद

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...

रोजगारमुखी शिक्षा आजको आवश्यकता

विराटनगर । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । अल्फाबिटाले विराटनगरमा शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् । उनीहरूले...

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

आज १६६९ संक्रमित थपिए, ५६९९ जना डिस्चार्ज

काठमाडौं, ७ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अब संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । त्यस्तै, आज...

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने...

विधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौं, २४ असार-आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाले आयुर्वेद अस्पताल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्