प्रदेश १ मा एकैदिन ८४७ जनामा कोरोना संक्रमण

 न्यूज विराट
प्रदेश १ मा एकैदिन ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३८, विर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दिबारी र गौरादहमा ३–३, कचनकवल र बा¥हदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २–२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवासमा ४, छथरमा ३, चौवीसेमा २, शहिदभूमीमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र माईमा २–२, रोङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ । माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि...

तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्