तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

 न्यूज विराट
तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरू तथा सेवा चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड उल्लंघन बढेकाले कोरोना संक्रमणको दर पनि बढेको उल्लेख गरेको छ । हाल १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको बताएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...

राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी...

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो । आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्