चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

 न्यूज विराट
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो ।

ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुबै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२  गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

सम्बन्धित समाचार

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

मोरङका पाँच पत्रकार पुरस्कृत

विराटनगर, १७ पुस-नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा आज यहाँ पांच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट...

प्रतिनिधिसभा विघटनका मुद्दा : आज पनि सरकारी पक्षकै बहस

प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...

विराटनगरमा ६७ औँ सहकारी दिवस भव्यरुपमा मनाइने

विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।यसका...

लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौंं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेस भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्