५० लाख खर्चमा २२ हजार गरीव नागरिकलाई तीन महिना पौष्टिक खाना खुवाउने कार्य शुरु

 न्यूज विराट
५० लाख खर्चमा २२ हजार गरीव नागरिकलाई तीन महिना पौष्टिक खाना खुवाउने कार्य शुरु

विराटनगर,३ साउन । निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि शुरु गरेको छ।

यूनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त रुपमा विराटनगरको १९ वडामा ९० दिनसम्म दैनिक विहानको खाना खुवाउने कार्यक्रम रहेको छ।

संस्थाले विराटनगर–१९ स्थित घिनहा सिसवनी मुसहरीवस्तिमा आज २५० जना सुत्केरी, वृद्ध र बालवालिकाका खाना वितरण गरेका छन् ।

आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्वासी, दैनिक मजदुरी बसोवास गर्ने स्थानीयलाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपाल मोरङका प्रमुख विनो पोखरेलले बताउनु भयो ।

विराटनगर –१९ बडा अध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपाल मोरङका प्रमुख पोखरेल लगायतले गरीव सुकुम्वासी एवं रोजगार विहीन एवं सुत्केरी महिलालाई अन्य सङ्घसंस्थाले भोको पेट वस्न नदिनका लागि थप सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

खाना खुवाउने कार्यक्रम सञ्चालनका लागि स्वयमसेवक सहित १० जना कर्मचारी खाना बनाउनका लागि रोजगार उपलव्ध गराइएको छ भने यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ। संस्थाले कैलाली जिल्लाको धनगढी र काठमाडौमा समेत आज यस प्रकारको कार्यक्रम सञ्चालन गरेको छ ।

सम्बन्धित समाचार

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

निषेधाज्ञापछि सुनसान पर्सा

जनकपुर, ३१ वैशाख-एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...

एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने

स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला...

तिब्बतबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसका विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तिब्बतले १० हजार एन ९५ मास्क,...

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्