सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

 न्यूज विराट
सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘संविधानको धारा र उपधाराको अपव्याख्या गरेर लोकतन्त्रलाई उपहास गरी निर्दलीय व्यवस्थालाई अग्रसर गराएकाले यसमा आपत्ति प्रकट गर्दै जनताबीच भण्डाफोर गर्ने निर्णय गरेको छ,’ उनले भने ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूलाई आगामी बैठकमा उपस्थित गराउने वातावरण समेत निर्माण गर्ने निर्णय गरेको भट्टराईले बताए । ‘कार्यदलको सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन भइसकेको छ । यो साझा सहमतिको दस्तावेज हो । आजको बैठकमा असन्तुष्ट पक्षका साथीहरू उपस्थित नभए पनि आगामी बैठकमा उहाँहरू उपस्थित हुने वातावरण निर्माण हुने संसदीय दलका नेताले बताउनुभएको छ,’ भट्टराईले भने ।

संसदमा एमालेको प्रतिपक्षी भूमिकाबारे समेत छलफल भएको भट्टराईले बताए । सदनको बैठकमा एमालेले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई राहत र घाइतेको नि:शुल्क उपचारका निम्ति सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै खोपको उचित वितरणका लागि पनि सरकारलाई ध्यानाकर्षण गराइने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचार

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्