जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

 न्यूज विराट
जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने कामा विश्वमा कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका हुन् ।

उनले अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर बसाएर लोकतन्त्र र संविधानमाथि अतिक्रमण गरिएको पनि बताए । ‘ जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर बनाइएको छ,’ उनले भने, ‘विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपालको लोकतन्त्र र  नेपालको संविधानमाथि अतिक्रमण भएको छ ।’

अध्यक्ष ओलीले अदालतले जनताको अधिकार खोसेको पनि आरोप लगाए । ‘अदालतले प्रधानमन्त्री तोकेर नेपाली जनताको अधिकार खोसेको छ । जनताले आवधिक मूल्यांंकन गर्न पाउने, पार्टीं, नेता र सरकारको मूल्यांकन गर्न पाउने, नीति, विचार र व्यवहारको मूल्यांकन गर्न पाउने जनताको त्यो अधिकार खोसेर अदातलबाट प्रधानमन्त्री तोक्ने काम विश्वमा कहीँ नभएको जात्रा रामशाहपथमा भएको छ,’ उनले भने ।

अध्यक्ष ओलीले देशका लागि राम्रो काम गरेकाले आफूहरूलाई ग्लानी नभएको पनि बताए । उनले आफू चुनाव हारेर प्रधानमन्त्रीबाट नहटेको बताए । ‘पहिले पनि चुनाव हारेर हटेको होइन र अहिले पनि म चुनाव हारेर हटेको होइन । जालीझेलीका कारण पार्टीको सरकार ढलेको हो,’ उनले भने ।

अध्यक्ष ओलीले पार्टीभित्रकै जालीझेलीका कारण पार्टीले सरकार छाड्नु परेको पनि बताए । जालीझेली राजनीतिक पार्टीहरूले सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार नपाउने पनि बताए ।

‘जालीझेली राजनीतिक पार्टीहरूले सधैँ अदालत गएर, अदालतको परमादेशबाट सधैँ किस्तीमा सरकार पाउनेवाला छैनन्,’ उनले भने, ‘जालझेल एक– दुई पटक चल्ला । धेरै पटक चल्दैन । फेरि बचेर कहाँ जान्छन् । जनताका बीचमा जानै पर्छ ।’

उनले काम गर्दा पनि गौरवका साथ गर्ने र मर्न पर्दा पनि सानका साथ मर्ने बताए । ‘हामी गौरवका साथ काम गर्छौं र मर्न पर्दा पनि सानका साथ मर्छौं ,’ उनले भने ।

सम्बन्धित समाचार

कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी भूपेन्द्र राईलाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा...

रोटरी क्लबले बखरीमा वितरण गर्यो राहत र स्वास्थ्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित बखरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र भागमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि क्लबले बखरी प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको...

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

एजेन्सी, बैशाख २५-कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालकाे झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ...

गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका...

सप्तकोसी बैंक घोटाला प्रकरण : उच्चले थुनामा पठाउने आदेश सर्वोच्चबाट पनि सदर

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोसी विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ ।सुवेदीसहित बैंकका तत्कालीन लेखा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्