‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

 न्यूज विराट
‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज कुमार शाहशंकरलाई पछि पार्दै मोक्तानले यो उपाधी जित्न सफल भएका हुन् ।

त्यस्तै मनु दाहाल र देवेन्द्र बास्कोटा क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे । कार्यक्रम निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो ।

कार्यकममा निर्णायकको भूमिकामा गायक तथा गिटारिस्ट राजकुमार समाल, संगीतकार तथा संगीत संयोजक एन. बि. चाम्लिङ् र गायक तथा संगीतकार तुलाधर दर्नाल रहेका थिए । निर्णयमा भने फेसबुक कमेन्टलाई पनि आधार मानिएको थियो । जेष्ठ १२, २०७८ मा नेपालको विभिन्न ठाउँबाट ३१ जनाको सहभागितामा भर्चुअल अडिसनबाट शुरु भएको कार्यक्रम ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ विभिन्न चरणहरू पार गर्दै शिर्ष–५ मा पुगेको थियो ।

शिर्ष–५ का सबै प्रतिस्पर्धी उत्तिकै अब्बल हुँदा निर्णायक मण्डललाई निर्णय दिन गाह्रो परेको थियो । ‘हामीले धेरै चोटी गहनका साथ् सुन्दै अन्तिममा सहि निर्णय लिन सफल भयौ ।’ उत्साहित् हुँदै कार्यक्रम संचालक, प्रस्तोता तथा निर्णायक तुलाधर दर्नालले भने ।

प्रथम हुनेलाई उपेन्द्र अधिकारीको शब्द रचनाको एउटा गीत, द्वितीयलाई चोइटिएको सागरको शब्द रचनाको एउटा गीत र तृतीयलाई कभर गीत वा अनप्लग्ड भर्सनको एउटा नयाँ गीत रेकर्ड गराइदिने वा तीन महिना निःशुल्क संगीत कक्षाको व्यवस्था गरिने आयोजकले बताएका छन् ।

सम्बन्धित समाचार

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

विराटनगरको विरोधसमा माधव नेपालले भने ‘निर्वाचन आयोगले ओलीको सिंङ–जुरो भाँची दियो

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...

सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, ब्याटिङ गर्दै मेयर राजवंशीले गरे उद्घाटन

विराटनगर । मोरङको सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सो वडामा तेस्रो वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले उद्घाटन गरे ।...

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राई र मन्त्रीहरूले लिए शपथ

विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्