विज्ञापन बोर्डमा अधिकारी र टेलिभिजन बोर्डमा मुखिया नियुक्त

 न्यूज विराट
विज्ञापन बोर्डमा अधिकारी र टेलिभिजन बोर्डमा मुखिया नियुक्त

सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई सोमबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले नियुक्तिपत्र प्रदान गरे ।  उनीहरूलाई बधाई दिँदै मन्त्री नेम्वाङले सञ्चारका क्षेत्रमा सिर्जनात्मक प्रयोग हुने विश्वास व्यक्त गरे । ‘संस्थागत सुधार र सिर्जनात्मक प्रयोगमा तपाईंहरूले आफ्नो ठाउँबाट योगदान गर्नु हुने नै छ,’ उनको भनाइ थियो ।

कार्यक्रमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।

दमक– ५ झापा निवासी अधिकारीले गोरखापत्र दैनिक, कान्तिपुर दैनिकलगायतका मूलधारका सञ्चार संस्थामा दुई दशकभन्दा लामो समय काम गरेका छन् । हाल नेपाली बहस डट कमका प्रधान सम्पादक अधिकारी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य थिए ।

ललितपुर महानगरपालिका– ८ निवासी ५४ वर्षीया मुखिया नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकास लिएका हुन् । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक अध्ययन गरेकी मुखियाले दर्जनौँ छोटो तथा फिचर फिल्म निर्माण तथा निर्देशन गरेकी छन् । टीयर्स अफ फियर फिल्मका लागि उनले किम्फ जुरी अवार्ड जितेकी थिइन् ।

सम्बन्धित समाचार

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

गठबन्धनविना माओवादी चुनाव लड्दैन:गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनविना माओवादी...

प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

जनकपुर, पुस २२ । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा...

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

इक्वालिटि कप क्रिकेट सोमबारबाट, उद्घाटनको पहिलो खेल इलाम र सप्तरी भिड्दै

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।आइतबार पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्