प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

 न्यूज विराट
प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए । माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

मन्त्री गुरुङले गत आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि टिप्पणी गरेका थिए । सो दिन मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी दलका नेता जयराम यादवले तत्काल नियमापत्ति जनाएका थिए ।

त्यसयता माओवादी केन्द्रले संसद अवरुद्ध पार्दै आएको छ । १४ र १५ असारमा बैठक अवरुद्ध पारेको माओवादी केन्द्रका सांसदले आइतबार पनि बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए । माओवादी केन्द्रका सांसदहरूले अवरुद्ध पारेपछि सभामुखले बैठक स्थागित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएका छन् ।

आइतबारको बैठकमा विनियोजन विधेयक २०७८-७९ अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

सम्बन्धित समाचार

सकियो टि– २० क्रिकेट प्रतियोगिता, आयोजक मिल्सले जित्यो उपाधि

विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

हिमालय दर्शन कलेजमा एकहप्ते उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख...

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्