रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् ।

दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर डाउन टाउनका नेतृत्व गरेकी हुन् । २०२१/०२२ का लागि नयाँ टिमको नेतृत्व गरेकी संचिताले पछिल्लो वर्षहरु सचिवको  रुपमा काम गरिसकेकी छिन् ।

त्यस्तै क्लबको सचिवको जिम्मेवारी अनिता मूण्दडा (सारडा) ले प्राप्त गरेकी छिन् । सो क्लबले विपन्न वर्गका परिवारलाई खाद्यान्न वितरण, विभिन्न आश्रमहरुलाई सहयोग, कोरोना माहमारीमा स्वास्थ्य सामाग्री वितरण, शिक्षा, वातावरण, स्वास्थ्य, महिला स्वावलम्वनलगायतका सामाजिक कार्य नियमित गर्दै आइरहेको छ ।

अध्यक्ष चयन भएपछि जैनले आफ्नो नेतृत्वमा क्लबलाई थप नयाँ उचाइमा पुर्याउने बताएकी छन् । उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण र आपतकालीन कामहरु गर्ने बताइन् ।

सम्बन्धित समाचार

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी, बैशाख २०-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

लेखा परीक्षक घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको आफन्तको गुनासो

विराटनग, माघ १३-सिंघीया खोलामा मृत भेटिएका विराटनगरका लेखा परीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् । घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु आश्चर्यजनक रहेको उनीहरुको...

सरिता गिरीलाई सा‌ंसदबाट बर्खास्त गर्ने समाजवादीको तयारी 

काठमाडौं, २३ असार-समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ । नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको...

धनुषाबाट हतियारसहित दुई जना पक्राउ

जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित  मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...

मोरङमा १०० सहित प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्