कार्यकक्षमै कुटिए सब-इन्जिनियर

 न्यूज विराट
कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ ।

अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताएका छन् । स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो आफूले गरेको तर सब–इन्जिनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको खत्रीले बताए ।

वडाध्यक्ष खत्रीले वडाभन्दा बाहिरको काम गरेको तर, वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीको आरोप छ । शाहीको मुखमा समेत चोट लागेको बताइएको छ ।

‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ । केही केटासहित एक्कासी वडाध्यक्ष आएर झम्टिहाल्नुभयो । मुक्का प्रहार गर्नुभयो । लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो,’ शाहीले टेलिफोनमा भने, ‘त्यसपछि भागेर ज्यान जोगाएँ ।’

सम्बन्धित समाचार

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...

विद्यालय र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालयक्षेत्र सुधार र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यससम्बन्धी दुई अलग...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी...

भारतबाट आएका गुल्मीका ६८ जनाको काेराेना रिपोर्ट नेगेटिभ

गुल्मी, २६ वैशाख-भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु २ साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा...

पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर...

विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्