पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

 न्यूज विराट
पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

“जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने । विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए ।

घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उहाँले बताउनुभयो । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

प्रहरी अधिकारीका अनुसार पाक्स्तिानको लस्करले विस्फोट गराएको हो । लस्करले सीमाबाट १६ किलोमिटर टाढा पाकिस्तानी क्षेत्रबाट ड्रोन मार्फत विस्फोट गराएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटबाट भारतीय एयर फोर्सको एउटा विमानमा सामान्य क्षती पुगेको छ भने कुनै पनि मानवीय क्षती नभएको जनाइएको छ ।

सम्बन्धित समाचार

इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...

डीएनए परीक्षण गर्ने सहमतिपछि निहारिकाले अनशन तोडिन्

काठमाडौं, ६ भदौ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन...

१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्