नेपालको चुच्चे नक्सा र विदेश नीति कसैले फेरबदल गर्न सक्दैन : प्रधानमन्त्री ओली

 न्यूज विराट
नेपालको चुच्चे नक्सा र विदेश नीति कसैले फेरबदल गर्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको उल्लेख तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताउनु भयो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पार्नुभएको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभयो ।

उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।” नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उहाँले प्रष्ट पार्नुभयो ।

“सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो । सन्दर्भ गुमाइसकेका पुराना सन्धिलाई नयाँ परिवेशमा बदल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धि पुनरवलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएको समेत चर्चा गर्नुभयो ।

सम्बन्धित समाचार

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं, ६ असार-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले...

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...

भ्याकेटमा जाने निर्णय गरेर ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

नेपालमा पीसीआर परीक्षण १ लाख नाघ्यो

काठमाडौं, जेठ २६-नेपालमा पीसीआर परीक्षण १ लाख नागरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारसम्म पीसीआर...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्