ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

 न्यूज विराट
ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘यो संसद् विघटन राजनीतिक इस्यू हो । यस्ता राजनीतिक इस्यूमा अदालत प्रवेश नगर्ने नजिर पटक-पटक स्थापित भएका छन्,’ उनले भने ।

राजनीतिक हिसाबले संसद् विघटन गरिएकाले स्थापित नजिरका आधारमा अदालत प्रवेश गर्न नहुने उनको जिकिर थियो । उनले अदालतले पहिलाका नजिरलाई नहेरी नयाँ नयाँ नजिर स्थापित गर्न खोजेको तर्क गरे ।

२१ र २७ जेठमा विस्तारित मन्त्रिपरिषद्लाई बदर गरेको विषयलाई लिएर उनले अदालतले सरकारलाई काम गर्न नदिएको आरोप छ । मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा आवश्यकताको सिद्धान्तका आधारमा आदेश दिनुपर्ने उनको तर्क छ । उनले बाढीपहिरो र कोरोना महामारीमा गृह र स्वास्थ्यमन्त्री नहुँदा कसरी काम गर्ने भन्दै प्रश्‍न गरे ।

‘अहिले यस्तो महामारीका बेला गृहमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्छ कि पर्दैन, यस्तो महामारीका बेला स्वास्थ्यमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्छ कि पर्दैन ? त्यो मन्त्रालय कसले हेर्ने ?’ उनले भने ।

सम्बन्धित समाचार

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

विराटनगरमा १८ सहित प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

कांग्रेस महाधिवेशन : अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह...

पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडछौंं : अध्यक्ष खम्बु

विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानबादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन्...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख,...

‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्