आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

 न्यूज विराट
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

काठमाडौं, ९ असार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा १२७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । आन्तरिकतर्फ २ रुपैयाँ बढेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै आन्तरिकतर्फ हवाई इन्धनको खुद्रा बिक्री मूल्य ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको बिक्री मूल्य ७३५ अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ ।

यसअघि निगमले २२ जेठमा पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । निगमका प्रवक्ता इ. विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो ।

सम्बन्धित समाचार

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

तस्करीको सामान समात्न इप्रका रानी सक्रिय, ११ दिनमा १४ लाख बढीको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।...

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

रेल विस्तारमा लगानी गर्न रसिया इच्छुक, बुझाइयो रुसी रेलवे कम्पनीको आशयपत्र

काठमाडौं, ३ फागुन-रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ...

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी...

कोसीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वास मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्