भ्याकेटमा जाने निर्णय गरेर ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल

 न्यूज विराट
भ्याकेटमा जाने निर्णय गरेर ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्ने दिशामा लगेको बताएका हुन् ।

उनले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको गुनासो गरेका छन् । स्थायी समितिका नेतामाथि कारबाही गर्ने र फेरि उनीहरूसँगै वार्ता गर्ने दोहोरो चरित्रले यसअघि नै विभिन्न शंका उब्जिएको उनले उल्लेख गरेका छन् ।

‘कर्णाली प्रदेशका सांसद एवं पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो,’ उनले भनेका छन् ।

उनले अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्त्वहरूसँग सावधान हुन पनि आग्रह गरेका छन् । उनले आफूले असल नियतका साथ संवाद गरिरहेको तर्क गरेका छन् ।

‘सत्ता जोगाउन संविधानका विरोधी  र दक्षिणपन्थी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौंं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेस भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा...

अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्