
अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक वर्षा हुने सम्भावना छ ।
मुलुकका अरु स्थानमा भने सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षा जारी रहेका कारण मुलुकका विभिन्न स्थानमा रहेका नदीमा बाढी आउने खतरा रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई सुरक्षित एवं सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
सुनकोसी, राप्ती, तिनाउ, बबई लगायतका नदीमा बाढीको जोखिम रहेको हो । केही नदीको बहाव खतराको सङ्केतसम्म पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेशका नदीहरुमा पनि बाढी आउने सम्भावना रहेको जनाइएको छ ।
नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा कन्काई, कमला, वाग्मती, कोसी र यसका सहायक नदीमा बाढीको जोखिम मध्यम रहेको महाशाखाको भनाइ छ । तराई तथा पहाडी क्षेत्रमा भीषण वर्षा हुने सम्भावना रहेकाले बाढी एवं डुबानको जोखिम कायमै रहेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा रहेको छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाको छ । बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ।
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...
विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...
विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...
विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज...
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...
विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...
चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ काठमाडाैं आइपुगेका छन् । टाेली एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ नेतृत्वकाे टाेली केही बेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू फङ स्यौपिन,...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.