न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

 न्यूज विराट
न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

रिट निवेदकको कानूनी सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्तिले एमिकस क्यूरीका रूपमा ‘तटस्थ’ भूमिका निर्वाह गर्न नसक्ने भन्दै अधिकांश कानून व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

न्यायसेवामा रहेका वैद्यलाई सुवासचन्द्र नेम्वाङ कानूनमन्त्री रहेको बेला तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनाइएको थियो । पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधनमन्त्री बनेपछि पुनरावेदनको न्यायाधीशबाट राजीनामा दिएर वैद्य महान्यायाधिवक्ता बनेका थिए ।

महान्यायाधिवक्ताबाट पदमुक्त भएपनि न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिवबाट राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भए । चार वर्षे कार्यकाल सकिएपछि वकालतमै फर्किएका वैद्यलाई एमिकस क्यूरीमा नराखेको भए उपयुक्त हुने कानून व्यवसायीहरूको राय छ ।

सम्बन्धित समाचार

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'यसले सबै देशलाई निगरानी बढाउन,...

तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने...

कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

नेपाली आकाश आज पूर्ण खाली

सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्‍य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्