नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

 न्यूज विराट
नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट सरकारको सिफारिसमा नागरिकता सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्चले बिहीबार आदेश दिएको छ। उक्त आदेशपछि पूर्वमन्त्री साहले असन्तुष्टि जनाउनुभएको छ । ‘आधारहीन भविष्यवाणी गरी गैरजिम्मेवारीपूर्ण तरिकाले अध्यादेश कार्यान्वयन गर्न रोक्नु संवैधानिक प्रावधानमाथिको हस्तक्षेप मात्र नभई सिंगै न्यायालयप्रतिको अपमान हो,’ साहले फेसबुकमा लेख्नुभएको छ ।

अदालतको आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने र जनतामा राज्यप्रति अविश्वास बढाउने उहाँको भनाइ छ। ‘अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरूलाई महाअभियोग लगाउन जरूरी छ,’ उहाँले भन्नुभएको छ । उहाँले लाखौं नेपालीले नागरिकता नपाएको पनि दाबी गर्नुभएको छ । ‘तत्काल कार्यान्वयन नगर्नुरनगराउनू भनी आएको सर्वोच्च अदालतको अन्तरिम आदेश अप्रत्याशित छ। संवैधानिक व्यवस्था अनुरूप आएको यो महत्वपूर्ण अध्यादेशलाई कार्यान्वयनमा रोक लगाउनु विगतमा सर्वोच्च अदालतको फैसला, विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त विपरीतको गैरजिम्मेवारीपूर्ण कार्य हो,’ उहाँले भन्नुभएको छ ।

सम्बन्धित समाचार

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...

प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔं, विद्यालयको मूल्यांकनलाई आधार मानौं

काठमाडौं, २३ वैशाख-निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मुल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । ‘अहिलेको परिस्थितिमा परीक्षा गर्न सकिँदैन,’ प्याब्सन अध्यक्ष टिका पुरीले भने, ‘विद्याललको...

हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ । गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत...

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...

जो जहाँ छौँ, त्यहिँ बसौँ : मन्त्री ढकाल

विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र सरकारले तोके भन्दा फरक काम गर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भूल बस त्यस्ता काममा संलग्न रहेका व्यक्तिलाई जतिसक्दो छिटो सम्पर्कमा आउन...

विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

विराटनगर, १४ फागुन । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको मासिक साहित्यिक शृंखला आज सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तक, लघुकथालगायत प्रस्तुत गर्ने गर्दछन् । २५...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, साउन ३-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय सचिवालयकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्