प्रदेश १ मा १४४२ जना निको हुँदा ५७३ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा १४४२ जना निको हुँदा ५७३ संक्रमित थपिए

विराटनगर, २७ जेठ । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, ते¥हथुम र भोजपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज मोरङको विराटनगरमा ८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ३९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार २५ रहेको छ । प्रदेश १ मा आज १ हजार ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ:ओली

काठमाडौं, १८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन-पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य...

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन्।विराटनगरमा आज सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो। चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा...

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

आगलागी प्रभावितलाई राहत प्रदान

लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो । विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४...

एसईईमा नक्कली प्रशिक्षार्थी प्रकरण : संचालकलाई २ लाख परीक्षार्थीलाई जनही ४० हजार धरौटि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सलटेन्सी संचालकलाई धरौटिमा छाडन मोरङ अदालतले आदेश गरेको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटिमा र नावलकहरुको हकमा भने अभिभावलाई जिम्मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्